आधारभूमि संवाददाता
काठमाडौ, साउन २४
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुखद सुरुवात गरेको छ ।शनिबार राति भएको उद्घाटन खेलमा पीएसजीले ट्रोएसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई जित दिलाउन अच्राफ हाकिमी र माउरो आइकार्डीले एक-एक गोल गरे । ट्रोएसका वालिड एल हाजिमले एक गोल गरे
खेलमा पहिलो अग्रता ट्रोएसले लिएको थियो।खेलको नवौं मिनेटमा ट्रोएसका वालिड एल हाजिमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर,खेलको १९ औँ मिनेटमा पीएसजीका अच्राफ हाकिमीले गोल गर्दै खेल बराबरीमा फर्काए।
लगत्तै २१ औँ मिनेटमा पीएसजीका माउरो आइकार्डीले गोल गर्दे टोलीलाई २-१ को जित दिलाए ।
जितसँगै पीएसजीले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित ट्रोएस अंक विहीन तालिकाको पुछारमा छ ।