neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा युनाईटेडको सानदार जित

मैत्रीपूर्ण खेलमा युनाईटेडको सानदार जित

Aug 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २३

म्यानचेस्टर युनाईटेडले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।शनिबार सम्पन्न भएको खेलमा युनाईटेडले एभर्टनलाई ४-० गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन मेसन ग्रीनवुड,ह्यारी मागुइरे ,ब्रुनो फर्नांडीस र डायोगो डालोटले एक एक गोल गरे ।युनाईटेडले तीन गोल पहिलो हाफ र एक गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको हो ।

खेलको आठौं मिनेटमा मेसन ग्रीनवुडले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको १५ औँ मिनेटमा ह्यारी मागुइरेले गोल गर्दे टोलिको अग्रता दोब्बर बनाए ।

खेलको २९ औँ मिनेटमा ब्रुनो फर्नांडीसले गोल गर्दे टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डायोगो डालोटले गर्दै टोलीलाई ४-० को जित दिलाए ।

युनाईटेड र एभर्टनले प्रि-सिजनको तयारीको लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi