neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ब्राजिललाई टोकियो ओलम्पिक पुरुष फुटबलको स्वर्ण

ब्राजिललाई टोकियो ओलम्पिक पुरुष फुटबलको स्वर्ण

Aug 7th, 2021

काठमाडौं, साउन २३

ब्राजिलले टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ । शनिबार सम्पन्न
भएको खेलमा ब्राजिलको यू-२३ टोलीले स्पेनको यू-२३ टोलीलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हा र माल्कोमले एक-एक गोल गरे ।स्पेनका माइकल ओयार्जाबलले एक गोल फर्काएका थिए ।

खेलमा पहिलो अग्रता ब्राजिलले लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका म्याथियस कुन्हाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६१ औँ मिनेटमा स्पेनका माइकल ओयार्जाबलले गोल गर्दै खेल बराबरीमा फर्काए।

तर, अतिरिक्त समयको १०८ औं मिनेटमा ब्राजिलका माल्कोमले गोल गर्दे टोलीलाई जित दिलाए ।

खेलको ३८ औं मिनेटमा रिचार्लीसनले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi