neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • यार्सागुम्बा लगायतका जडिबुटी सहित १ जना पक्राउ

यार्सागुम्बा लगायतका जडिबुटी सहित १ जना पक्राउ

Aug 7th, 2021

काठमाडौं, साउन २३

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट यार्सागुम्बा जडिबुटी जस्तो देखिने बस्तु ४ सय १२ ग्राम, सिलाजित जस्तो देखिने पदार्थ ६ सय ५० ग्राम र रातो केशरी जस्तो देखिने पदार्थ १ सय ग्राम सहित जुम्ला कन्कासुन्दरी गाउँपालिका–८ बस्ने २४ वर्षीय तुला कामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख २१११ को बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा कामीले झोलाभित्र लुकाई ल्याएको उक्त जडिबुटी फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi