काठमाडौं, साउन २२
गोर्खाज फाईनान्स लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ३ अन्तर्गत हेटौडा उ.म.न.पा वडा नं. ४ मा २५ औं शाखा खोलेको छ । उक्त शाखाको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी तथा गोर्खाज फाईनान्सका अध्यक्ष यादवचन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेकाछन् ।
फाईनान्सका प्रमुख कार्यकारी लालवहादुर थिङ्ले फाईनान्स कम्पनीको वारेमा जानकारी दिए । फाईनान्सले निशुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिट्न्स सेवा दिईदै आएको छ । हाल सम्म फाईनान्सले मुख्य कार्यालय सहित २४ वटा शाखा कार्यालयहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, विरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक वुटवल, विजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाण्डौ उपत्यकाभित्र डिल्लीबजार, बौद्व, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर गरि देशको सातै वटा प्रदेश मार्फत सर्वसाधारणलाई सेवा दिईरहेको छ ।