neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३ हजार ७२९ जनामा कोरोना सङ्क्रमण, १८८५ जना डिस्चार्ज, २५ को मृत्यु

थप ३ हजार ७२९ जनामा कोरोना सङ्क्रमण, १८८५ जना डिस्चार्ज, २५ को मृत्यु

Aug 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २२

शुक्रवार थप ३ हजार ७२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार ६७५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख १० हजार ५०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ६७५ जनाको परीक्षण भएको छ । हालसम्म ३६ लाख ६५ हजार ८३५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १८८५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १८८५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ६५ हजार ५४८ पुगेको छ ।

थप २५ को मृत्यु

पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ।