neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पुरातात्विक धार्मिक महत्त्वको बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्ने दुई जना पक्राउ

पुरातात्विक धार्मिक महत्त्वको बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्ने दुई जना पक्राउ

Aug 6th, 2021

काठमाडौं, साउन २२

पुरातात्विक धार्मिक महत्त्वको बहुमूल्य धर्मग्रन्थ भन्दै नगद १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई गोकर्णेश्वर नगरपालिका–८ आरुबारीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं माकलबारी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका २० वर्षीय आशिष लामा तामाङ र काठमाडौं महानगरपालिका–७ चावहिल सरस्वतीनगर बस्ने भोजपुर रामप्रसाद गाउँपालिका–७ घर भएका ३० वर्षीय रजिन राई रहेका छन् ।

गते काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ आरुबारी बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका–८ घर भएका १ पुरुषलाई साउन १४ प्राचिन पुरातात्विक बौद्ध ग्रन्थको ३ करोड ८५ लाख रुपैयाँमा खरिद बिक्री गर्ने भन्दै झुक्यानमा पारी उक्त नगद ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi