आधारभूमि संवाददाता
काठमाडौं, साउन २२
कोरोना बिमाबापत कम्पनीहरुले कोरोको बिमा गरेका बिमितहरुलाई तिर्न बाँकि रकमनै ९ अर्ब ६४ करोड पुगेको छ । यता कम्पनीहरुले ब्यहोर्न नसक्ने रकम दिन्छु भनेर आश्वासन दिएको सरकारले ५ महिना बित्दा सम्म पनि यस्तो रकम निकासाको कुनै काम सुरु गरेको छैन ।
सुरुवातमा बिमा गरेर मनग्य कमाउने आसा पालेका बिमा कम्पनीहरु पछि कोरोनाका बिरामी बढेपछि अत्तालिएर बन्द गर्न थालेका थिए । तर, सरकारले आफु रकम ब्यहोर्दिन्छु भनेपछि उहिरुले यसलाई निरन्तरता दिएका थिए । अहिले त न कम्पनीहरुसँग यस्तो दिन बाँकि रकम नै छ नत सरकारले नै यस्तो भुक्तानीको लागि कुनै प्रक्रिया अघि बढाएको देखिन्छ ।
कोरोना बिमा गरेकाहरुले रकम पाउँछन् कि पाउँदैनन् भन्नेमा अहिले अन्यौलता छाएको छ । सरकारले भुक्तान नगर्दासम्म रकम दिन सकिन्छ कि सकिदैन भन्ने निश्चीत नहुने भएको छ।
समितिका अनुसार कुल १७ लाख ५८ हजार ३ सय ४३ जनाले कोरोना बिमा गरेका छन् । यि मध्ये १ लाख २७ हजार ७ सय ५४ वटा दाबी परेका छन् । जसमध्ये अहिलेसम्म ४ अर्ब ७८ करोड रकम भुक्तान भएको छ ।
कोरोना बिमा मापदण्डका अनुसार कम्पनी, नेपाल पुनर्बिमा कम्पनी र बिमा समिति सबैले एक एक अर्ब र बीमकहरुले यसको लागि बनाएको पुलबाट ५० करोड रुपैयाँ ब्यहोर्ने बताइएको थियो । जसअनुसार यि साढे तीन अर्ब भुक्ता गरिसकेर पनि कम्पनीहरुले भोलिका दिनमा सरकारले रकम दिएपछि भुक्तान गरौला भनेर जगेडा कोषहरुबाट थप १ अर्ब २८ करोड भुक्तान गरेका छन् ।
कोरोना बिमा बापत भुक्तान गर्नुपर्ने रकम साढे तीन अर्ब भन्दा बढि भएमा सरकारले भुक्तान गर्ने गरि मार्गदर्शन बनाइको छ । कोरोना बिमा मापदण्ड २०७७ मा साढे तीन अर्व भन्दा माथिको रकम नेपाल सरकारले ब्यहोर्ने प्रष्ट व्यवस्था छ । सोहि व्यवस्था बमोजिम २०७७ कै साउन १६ गते अर्थमन्त्रालयले साढे तीन अर्ब भन्दा माथि ब्यहोर्ने सचिव स्तरीय निर्णय भएको अर्थमन्त्रालयले बिमा समितिलाई जानकारी गराएको थियो ।
कोरोना बिमा बापत सरकारले ब्यहोर्नुपर्ने ९ अर्ब ६२ करोड रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयले अहिले आलटाल गरेको छ । जबकी समितिले ३ अर्ब रकम माग गर्दै समितिमा पत्र पठाएकै ५ महिना बििित्रसक्यो ।
मन्त्रालयमा नयाँ अर्थमन्त्री र सचिव पनि नयाँ हुँदा यो बिषयले अहिले प्राथमिकता पाउनै सकेको छैन । बिमा बापतको रकम समयमै भुक्तान गर्न नसक्दा अहिले बिमा कम्पनीप्रति र बिमा बजारमाथि नै प्रश्न उठेको छ ।