neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लियोनल मेस्सीले छाड्ने भए बार्सिलोना

Aug 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २२

लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्ने भएका छन् ।बार्सिलोनाको अनुसार कप्तान लियोनल मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ ।

आर्थिक र संरचनागत अवरोधका कारणले सम्झौता नवीकरण हुन नसकेको र मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाले जनाएको छ ।

१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो।

मेसी सन् २००० देखि बार्सिलोनामा आबद्ध थिए । मेसीले बार्सिलोनाका लागि ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi