आधारभूमि संवाददाता
काठमाडौ, साउन २१
ललितपुरको महालक्ष्मीनगर वडा नं. ७ मा प्रनीस पहाडीको अध्यक्षतामा ७५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल गठन भएको छ । उपाध्यक्षमा सुजना दाहाल बस्नेत, सचिवमा करिष्मा बस्नेत, कोषाध्यक्ष अञ्जन रिसाल, सदस्यहरुमा उत्सव वाग्ले, अम्रित रिसाल लगायत ७५ सदस्यीय जम्बो टिम गठन भएको छ ।
नव गठीत पदाधिकारीहरुलाई नेकपा एमाले ललितपुर क्षेत्र नंं.२ का क्षेत्रीय अध्यक्ष तथा ललितपुर जिल्ला सचिवालय सदस्य अष्टबीर व्यञ्जनकार, अ.ने.म.स. केन्दीय सदस्य तथा ललितपुर जिल्ला कमिटी सदस्य देवीका राई, जिल्ला कमिटी सदस्य शंकर बस्नेत, राष्ट्रिय युवा संघ स्थायी कमिटी सदस्य राष्ट्रिय युवा संघ सदस्य, राकेश राई, केन्द्रिय सचिवालय सदस्य तथा ललितपुर जिल्ला अध्यक्ष राष्ट्रिय युवा संघ चिन लामा, स्थायी कमिटी सदस्य तथा उत्पेरक ललितपुर क्षेत्र नं.२ शिव महर्जन, राष्ट्रिय युवा संघ केन्दीय सचिवालय सदस्य तथा उत्पेरक ललितपुर क्षेत्र नं. २ की पृथ विन्दु महर्जन, राष्ट्रिय युवा संघ ललितपुर क्षेत्र नंं.२ का संयोजक माधव श्रीमाली, नेकपा एमाले नगर सदस्य बलराम वाग्ले नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा कमिटी अध्यक्ष मकुन्द ठकुरी, नेकपा एमाले वडा नं. ५ का वडा कमिटी अध्यक्ष कृष्ण हरि थापामगर, सचिव ऋषि राम बराल तथा राष्ट्रिय युवा संघ महालक्ष्मीनगर संयोजक शुजित बस्नेत लगायत नेकपा एमाले पार्टी सदस्यहरुले शुभकामना दिएका थिए । यस अघि वडा नं. ९ मा अमिर के.सी.को अध्यक्षतामा ४५ सदस्यी र वडा नं. १० मा प्रेम तामांग को अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको थियो ।