neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

Aug 5th, 2021

काठमाडाौ, साउन २१

काठमाण्डौ टोखा नगरपालिका धनेश्वौरबाट हराएको प्रदेश ३–०२–००२ प ४८०३ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा दुुई जनालाई विहिबारट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगडी गाउँपालिका–४ घर भई हाल काठमाण्डौ बनस्थलि बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका –६ घर भई हाल काठमाण्डौ तारकेश्वथर –६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ् रहेकाछन् ।

यी दुवैलाई ट्राफिक प्रहरीले काठमाण्डौ तारकेश्व्र–६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सी.सी.को पल्सार मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्त च्यासिस तथा ईन्जिन नम्वर भएको मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२–००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरी निरन्तर सुचना संकलन र निग्रानी पश्चात नम्वर परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमालिन सफल भएको उनले बताए । उक्त मोटरसाइकल यही श्रावण १३ गते टोखा नगरपालिका धनेश्वईरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि रसुवा नौकुण्ड गाउँपालिका – ६ घर भएका बर्ष २१ को राममान तामाङ्गले निबेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि प्रहरी बृत्त,महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi