neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

विभिन्न हातहतियार सहित ४ जना पक्राउ

Aug 5th, 2021

काठमाडौं, साउन २१

काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको गोली ४ राउण्ड र १ थान म्याग्जिन सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं थानकोट बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका १९ वर्षीय सुजन मगर, सोही ठाउँ बस्ने २५ वर्षीय ईश्वर मगर र काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका २६ वर्षीय बिकेस मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

खोटाङ, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बस्ने ५४ वर्षीय निमसाङगे तामाङलाई भरुवा बन्दुक १ थान, तयारी बारुद २ सय ५० ग्राम, सोडा २ सय ५० ग्राम, सिसाको गोली २८ थान, ढुङ्गाको छर्रा ३४ थान, कराईको टुक्रा ४० थान, सलाई १ थान, गोली बनाउन प्रयोग गरीने सिसाको ३ थान सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi