neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • १ केजी ८ सय ६६ ग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित ३ जना पक्राउ

१ केजी ८ सय ६६ ग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित ३ जना पक्राउ

Aug 5th, 2021

काठमाडौं, साउन २१

काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नम्बर २०२ बाट १ केजी ८ सय ६६ ग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत राजस्थान नागौर छोटीखाटु थाना सेरानी आवाद ठेगाना भएका २७ वर्षीय साकिर अलि, २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद रहेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी साकिर अलि समेतका व्यक्तिहरुले विभिन्न देशहरुबाट भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी काठमाडौं ल्याई कारोबार गर्ने लागेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरु बसेको उक्त गेष्ट हाउसको कोठा तलासी गर्दा सिल्भर रंगको पोलिस गरी राखेको अवस्थामा सुन जस्तो देखिने पहेँलो रङ्को धातुको रोल ८ थान, धातुको ट्रुका २ थान र धातुको बिस्कुट आकारको पात्ता १ थान गरी उक्त परिमाणको धातु र भारतीय ५ सय दरको २ सय ११ थान नोट गरी १ लाख ५ हजार ५ सय भारतीय रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुले वैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिहरुलाई प्रयोग गरी विभिन्न घरायसी प्रयोजनका सामानहरुमा लुकाई जलप लगाई स्वरुप परिवर्तन गरी भन्सार छली ल्याउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi