neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सी टोटेनहमसँग बराबरीमा रोकियो

Aug 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २१

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी टोटेनहमसँग बराबरीमा रोकिएको छ ।स्ट्यामफोर्ड ब्रिज स्टेडीएममा बुधबार राति प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा चेल्सीले टोटेनहमसँग २–२ गोलको बराबरी खेलको हो ।

खेलमा चेल्सीको लागि हाकिम जिएचले दुई गोल गरे भने टोटेनहमको लागि लुकास मौरा र वोस्टीवन बर्गविजनले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने चेल्सीले लिएको थियो। खेलको १६ औँ मिनेटमा हाकिम जिएचले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४९ औँ मिनेटमा हाकिम जिएचले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ५६ औँ मिनेटमा टोटेनहमका लुकास मौराले गोल गर्दे २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७० औं मिनेटमा टोटेनहमका वोस्टीवन बर्गविजनले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

.

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi