neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा एट्लेटिको म्याड्रिड क्याडिजसँग पराजित

मैत्रीपूर्ण खेलमा एट्लेटिको म्याड्रिड क्याडिजसँग पराजित

Aug 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन २१

एट्लेटिको म्याड्रिडले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा हार ब्यवरेको छ ।एस्टाडियो नुएभो मिरान्डिला स्टेडीएममा बुधवार राति भएको खेलमा क्याडिजले एट्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेको हो ।

पेनाल्टीमा जानु अघि खेलमा पहिलो अग्रता एट्लेटिको म्याड्रिडले लिएको थियो।खेलको ४१ औं मिनेटमा एट्लेटिको म्याड्रिडका यानिक क्यारास्कोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ८६ औं मिनेटमा क्याडिजका अल्बर्टो पेरियाले गोल गर्दे खेल बराबरीमा फर्काएका थिए।

खेलको निर्धारित र थप समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा क्याडिज ४–२ ले विजयी भयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi