काठमाडौ, साउन २०
नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको सात सदस्यीय नाडा प्रतिनिधि मण्डलले आज बुधबार प्रधानमन्त्री शेरवहादुर देउवासंग भेट गरेको छ । भेटकाक्रममा उनको सफल कार्यकालको लागि शुभकामना दिदै कोभिड १९ को कारण सरकारले आम जनताको स्वास्थ रक्षाको लागि लगाएको बन्दाबन्दीको कारण समग्र अटोमोवाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशिल अवस्थामा पु¥याउन सरकारबाट विशेष पहल गरि दिन आग्रह गरेकाछन ।
त्यसैगरी सो भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक शुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस,मिनिबस र माइक्रो बस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउदै आएको जस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरेकाछन । सो छलफलमा उहाँले बन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा युरो–६ र बिएस –५ लागु गर्न लागेको विषय सराहनिय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसंग आग्रह समेत गरे ।
सो छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।