neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

Aug 4th, 2021

काठमाडौं, साउन २०

काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं टंकेश्वंर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठ लगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi