neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मेक्सिकोलाई पराजित गर्दै ब्राजिल फाइनलमा

मेक्सिकोलाई पराजित गर्दै ब्राजिल फाइनलमा

Aug 3rd, 2021

काठमाडौ, साउन १९

ब्राजिल टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको खेलमा ब्राजिलको यू-२३ टोलीले मेक्सिकोको यू-२३ टोलीलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गरेको हो ।

खेलको निर्धारित र थप समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा ब्राजिल ४–१ ले विजयी भयो ।

ब्राजिलका लागि पेनाल्टी सुटआउटमा डानि अल्भेस,गेब्रियल मार्टिनेल्ली,ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरेका थिए ।

मेक्सिकोका कार्लोस अल्बर्टो रोड्रिगेजले मात्र गोल गर्न सफल भए। जोहान भास्क्वेज र एडुआर्डो अगुइरे गोल गर्न चुकेका थिए ।

जितसँगै ब्राजिल टोकियो ओलम्पिक फुटबलको फाइनलमा प्रवेश गरेको छ ।ब्राजिलले अब फाइनलमा जापान र स्पेनबीचको विजेतासँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi