neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल चेम्बर अफ कर्मसमा पर्यटन प्रवद्र्धन तथा संस्कृति समिति गठन

नेपाल चेम्बर अफ कर्मसमा पर्यटन प्रवद्र्धन तथा संस्कृति समिति गठन

Aug 3rd, 2021

काठमाडौ, साउन १७

नेपाल चेम्बर अफ कर्मसमा पर्यटन प्रवद्र्धन तथा संस्कृति समिति गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य अर्जुन शर्माको सभापतित्वमा चेम्बर अन्र्तगत गठित पर्यटन प्रवद्र्धन तथा संस्कृति समितिको सदस्य मा मनोनयन हुनुभएका क्रमश दीपक राज जोशी,  हिक्मत सिंह ऐर, बिनय वस्नेत, युवराज श्रेष्ठ, खुम वहादुर सुवेदी, जनक राज कालाखेती, बिक्रम पाण्डे, हरी प्रसाद धरेल, देवचन्द्रलाल कर्ण लाई मनोनयन पत्र प्रदान गरेकाछन ।

उतm अवसरमा अध्यक्ष मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्र संग आवध्द्ध सवै निकायहरु लाग्नु पर्ने बताउँदै, यस समितिमा नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हाशिल गर्नु भएका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे ।