neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैंकिङ् कसूर मुद्दाका फरार व्यक्ति पक्राउ

बैंकिङ् कसूर मुद्दाका फरार व्यक्ति पक्राउ

Aug 3rd, 2021

काठमाडौ, साउन १९

केन्द्रिय अनुसन्धान अनुसन्धान ब्युरो (सिआईबी) ले बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा प्रतिबादी ६२ बर्षिय ठाकुर प्रताप थापालाई पक्राउ आज मंगलबार काठमाडौको चक्रपथबाट पक्राऊ गरेको जानकारी दिएको छ ।

सिआईबीका अनुसार काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नं.३ पन्चकन्या मार्ग बस्ने थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोे छ । सिआईबीका अनुसार प्रतिवादी थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी देव विकाश बैकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट २०७६ भदौ तीन गते प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ३९ लाख ९६ हजार चार सय रुपैयाँ जरिवानाको फैसला ठहर भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi