neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ट्राफिकद्धारा चोरीका २३ मोटरसाइकल धनीलाई जिम्मा ,कसरी चोरिन्छ त मोटरसाइकल ?

ट्राफिकद्धारा चोरीका २३ मोटरसाइकल धनीलाई जिम्मा ,कसरी चोरिन्छ त मोटरसाइकल ?

Aug 3rd, 2021

काठमाडौ, साउन १९

उपत्यकाबाट चोरी भएका तथा हराएका मोटरसाईकल प्रहरीले फेला पार्देन होला भन्ने सवारीधनीको दुविधा एवं भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित गरिदिएको छ । उपत्यकामा हुने सवारीसाधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न निरन्तररूपमा बिशेष अपरेसन टोली परिचालन गरी चोरी नियन्त्रणमा उल्लेख्य सफलता हाँसिल गर्दे आएको छ ।

आजमात्रै विभिन्न मितिमा हराएका २३ वटा मोटरसाईकल एककार्यक्रमकाबिच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गरेकाा हुन । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेकाछन । कार्यक्रममा बोल्नुहुदैं एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए । उनले सवारीसाधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।

कसरी चोरिन्छ त मोटरसाइकल ?

चालकले सुरक्षा अपनाउँदा–अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाईकलहरु कता जान्छ ? कसरी चोरिन्छ ? तपाईको मनमा जिज्ञासा उठ्न सक्छ । ट्राफिक प्रहरीको अनुसन्धान अनुसार काठमाडौंका अस्पतालहरू, पार्टी प्यालेसहरू तथा विभिन्नस् थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ । यसरी चोरी गर्नुअघि उक्त मोटरसाइकल र चालकको गतिबिधी निगरानी गर्ने, मौकाको खोजि गरी उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गर्दछन भने संलग्न सदस्यहरुको आ–आफ्नै भुमिका हुने गर्दछ । चोरी पश्चात वर्कसपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रि गर्ने तथा आफैले समेत चलाउने गरेको, पार्टसहरू खोलेर विक्रि वितरण गर्ने गरेको अनुन्धानबाट खुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

बिशेष गरि चोरी गर्ने समुहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवापुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढि भएकोले पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ ।

सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले बिशेष अनुरोध गरेको छ । गत आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिइयो भने चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागि प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi