neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालद्रारा राहत वितरण

फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालद्रारा राहत वितरण

Aug 2nd, 2021

ललितपुर, साउन १८

फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालद्रारा महालक्ष्मी नगरपालिका वडा कार्यालयहरू संगको सहकार्य र समन्वयमा वडा नं १ र ४ का कोभिड-१९ वाट प्रभावित अति विपन्न, अपागंता भएका सुत्केरी, गर्भवती महिला, जेष्ठ नागरिकहरूलाइ वडा नं १ को कार्यालय, इमाडोलको प्रांगणमा वडा नं १ र वडा नं ४ का अध्यक्षहरूको प्रमुख उपस्थित, वडा सदस्यहरू र स्थानीय समाजसेवी, प्रहरी प्रभाग इमाडोलका प्रमुख लगाएत विभिन्न महानुभावहरूको उपस्थितिमा राहत वितरण कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका भित्रका विभिन्न वडाहरूमा गरी २०० भन्दा वढी व्यक्तिहरूलाइ सहयोग गरिएको थियो ​ । महालक्ष्मी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा अक्सिजन लगाएत मेडिकल सामाग्रीहरू समेत वितरण गरिएको छ । यसको साथै कोभिड-१९ वाट वच्ने उपाएहरूको वारेमा पनि स्वयंसेवक मार्फ़त जनचेतना अभिवूर्दी गर्ने कामहरू पनि गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi