neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

Aug 2nd, 2021

काठमाडौं, साउन १८

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएका १५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा साउन १८ गते आयोजित एक समारोहमा सशस्त्र प्रहरी उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरेकाछन ।

नेपाल सरकार गृहसचिवस्तरको यही साउन १७ गतेको निर्णयले १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुुन । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको उल्लेख गर्दे प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा संगठनमा रहेर शान्ति सुरक्षा कायम राख्ने कार्यमा उतीहरुले पु¥याएको योगदानका साथै प्रदर्शन गरेको व्यवसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे ।

उनले बढुवा भएका अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्दे पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई सम्पादन गर्न निर्देशन दिए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माणमा समेत योगदान पुग्ने उल्लेख गर्दे राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्रको सुरक्षा, जनताको सेवा, विपद् पीडित नागरिकको उद्धार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र कृयाशिल रहँदै निरन्तर योगदान पु¥याई रहेको बताए ।

उहाँले कमाण्डर तहका अधिकृतहरुलाई ईमान्दार तथा वफादार भई आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै कुशल नेतृत्वकासाथ आर्थिक पारदर्शिता र सुशासमा जोड दिँदै आम नागरिकको मन जित्ने गरी कार्यसम्पादन जुट्न निर्देशन दिनुहुँदै फौजी अनुशासन र सामुहिक भावनाकासाथ गरिएका कार्यले सांगठानिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi