neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा आर्सनल चेल्सीसँग पराजित

मैत्रीपूर्ण खेलमा आर्सनल चेल्सीसँग पराजित

Aug 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १८

चेल्सीले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।आइतबार भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन काई हाभर्टेज र टेमी अब्राहमले एक-एक गोल गरे। आर्सनलका ग्रेनिट झाकाले एक गोल फर्काएका थिए।

खेलमा पहिलो अग्रता चेल्सीले लिएको थियो। खेलको २६ औं मिनेटमा काई हाभर्टेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६९ औं मिनेटमा आर्सनलका ग्रेनिट झाकाले गोल गर्दे खेल बराबरीमा फर्काए।

तर खेलको ७२ औं मिनेटमा चेल्सीका टेमी अब्राहमले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi