neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आइडिया नेपालले हस्तकला प्रवद्र्धनमा सघाउने

आइडिया नेपालले हस्तकला प्रवद्र्धनमा सघाउने

Aug 1st, 2021

काठमाडौं, १७ साउन

हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार महासंघमा आयोजित एक कार्यक्रम बीच महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीहरु बीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना हुनेछ । उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरिएर डिजाइनिङ अवार्ड प्रदान गर्ने महासंघका उपाध्यक्ष एवं हस्तकला वर्ष २०२१ का संयोजक रवीन्द्र शाक्यले जानकारी गराउनुभयो । सझौतानुसार हस्तकलाको प्रवद्र्धनका लागि आइडिया नेपालले हस्तकलालाई पनि इन्टेरिएर डिजाइनमा समाबेश गर्नेछ । जसका लागि एसियन पेन्ट्सले पनि सहकार्य गर्ने भएको छ । नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवद्र्धनात्मक अभियानअनुसार नै दुबै संस्थाबीच सहकार्यका लागि सझौता भएको उपाध्यक्ष शाक्यले जानकारी गराउनुभयो । महासंघका अनुसार विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायनमान बनाउने कार्यमा सघाउ पु¥याउने उद्देश्य रहेको छ ।

आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिकरुपमा झण्डै २० अर्ब रुपैयाँ बराबरको हस्तकला समाग्रीको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुबै खस्किएको छ । निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनरजीवन महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको छ ।

कोरोनाका कारण कम्तिमा पनि आगामी एक वर्षसम्म नेपालमा बिदेशी पर्यटक आउने सम्भावना नरहेकोले हस्तकलाको आन्तरिक बजार बिस्तार गर्न सरकारी निकायले पनि नेपाली हस्तकला समाग्रीको प्रयोगमा ल्याउनुपर्ने महासंघको माग रहेको छ । सरकारले इन्टेरिएर डिजाइनिङसँग हस्तकला समायोजन तालिम संचालनका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi