neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अनुमती बिना उपचारमा संलग्न भारतीय नागरिक पक्राउ

अनुमती बिना उपचारमा संलग्न भारतीय नागरिक पक्राउ

Aug 1st, 2021

काठमाडौ, साउन १७

ईजाजत बिना उपचारमा संलग्न भारतीय नागरिकहरु पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं ७, चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल होम प्रा. लि. मा चिकित्सा सम्बन्धी पेशा गर्न कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट ईजाजत पत्र प्राप्त नगरेका भारतीय नागरिकले चिकित्सककोरुपमा कामगरी बिरामीहरुको चेकजाँच गर्ने, चिरफार तथा सर्जरी समेतका उपचार कार्यमा संलग्न रहेको भन्ने बुझिन आएकोले सोसम्बन्धमा सत्य तथ्य बुझी आवश्यक कारवाही गर्न नेपाल मेडिकल काउन्सिल समेतको टोली खटिई यही साउन १६ गते स्थलगतरुपमा बुझ्दा भारतीय नागरीक सौरभ कुमारले ईजाजत पत्र विना दाँत सम्बन्धी बिरामीको चेकजाँच तथा ईलाज गरी रहेको अवस्थामा फेला परेको र सो कार्य गर्न सहजीकरण गर्ने उक्त प्रा. लि. का सञ्चालक राधा कृष्ण तामाङ , डा. रावेत रञ्जन कुमार ठाकुर र सौरभ कुमारलाई ऐन मौकामा प्रहरीले पक्राउ गरी निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न आवश्यक अनुसन्धान भईरहेको छ ।

सिआईबीका अनुसार पक्राउ पर्नेहरुम भारतको पटना घर भई हाल काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं ७, चाबहिल बस्ने वर्ष ३१ को सौरभ कुमार, महोत्तरी, पिपरा गाउँपालिका, वडा नं ३ घर भई हाल काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं ७, चाबहिल बस्ने वर्ष ४० को डा. रावेत रञ्जन कुमार ठाकुर र दोलखा, बैतेश्वर गाउँपालिका, वडा नं ६ घर भई हाल काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं ७, चाबहिल बस्ने वर्ष ४६ को राधा कृष्ण तामाङ रहेकाछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi