आधारभूमि संवाददाता
काठमाडौं, साउन १७
धितोपत्र बोेर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आचार संहिता बिपरित अमेरीकामा रहेकी छोरी रेबीका ढुंगानाको नाममा सर्बाेत्तम सिमेन्टको ११ हजार ९ सय ९२ कित्ता सेयर हात पारेको खबर आएपछि बिहिबार अर्थमन्त्रालयले बोर्डका अध्यक्षलाई स्पष्टिकरण सोध्नुको साटो धितोपत्र बोर्डलाई तीन दिन भित्र जवाफ पठाउन भनेको छ ।
त्यसैगरि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि आफ्नी श्रीमतिको नाममा १० हजार कित्ता सेयर हातपारेकोमा मन्त्रालयले साउदलाई स्पष्टिकरण नसोधी नेपाल स्टक एक्सचेन्जलाई जवाफ पठाउन भनेको छ । बोर्ड र नेप्सेले संस्थागत रुपमा कारोबार नगरेको यो त त्यहाँ पदासिन रहेका ब्यक्तिले गैर कानुनी तरिकाले सेयर हात पारेकाले ब्यक्तिलाई नै स्पष्टिकरण सोध्नुपर्ने देखिन्छ ।
यहि अनुरुप अध्यक्ष माथि छानवीन हुनुपर्नेमा मन्त्रालयले भने अध्यक्ष पदमा कायम रहिरहन सक्ने गरि स्पष्टकरणको सहुलियत दिएको छ । किनभने अख्तीयारले छानवीन गरेमा पदबाट स्वत निलम्वन हुने व्यवस्था छ । नियमनकारी निकायकै ब्यक्तिले अनुचित लाभ लिएको प्रमाण बाहिरिएपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने हो । तरपनि उनि पदमा बहाल रहिरहेका छन् ।
धितोपत्र बोेर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आचार संहिता बिपरित अमेरीकामा रहेकी छोरी रेबीका ढुंगानाको नाममा सर्बाेत्तम सिमेन्टको ११ हजार ९ सय ९२ कित्ता सेयर हात पारेको खबर आएपछि बिहिबार अर्थमन्त्रालयले बोर्डका अध्यक्षलाई स्पष्टिकरण सोध्नुको साटो धितोपत्र बोर्डलाई तीन दिन भित्र जवाफ पठाउन भनेको छ ।
त्यसैगरि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि आफ्नी श्रीमतिको नाममा १० हजार कित्ता सेयर हातपारेकोमा मन्त्रालयले साउदलाई स्पष्टिकरण नसोधी नेपाल स्टक एक्सचेन्जलाई जवाफ पठाउन भनेको छ । बोर्ड र नेप्सेले संस्थागत रुपमा कारोबार नगरेको यो त त्यहाँ पदासिन रहेका ब्यक्तिले गैर कानुनी तरिकाले सेयर हात पारेकाले ब्यक्तिलाई नै स्पष्टिकरण सोध्नुपर्ने देखिन्छ ।
यहि अनुरुप अध्यक्ष माथि छानवीन हुनुपर्नेमा मन्त्रालयले भने अध्यक्ष पदमा कायम रहिरहन सक्ने गरि स्पष्टकरणको सहुलियत दिएको छ । किनभने अख्तीयारले छानवीन गरेमा पदबाट स्वत निलम्वन हुने व्यवस्था छ । नियमनकारी निकायकै ब्यक्तिले अनुचित लाभ लिएको प्रमाण बाहिरिएपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने हो । तरपनि उनि पदमा बहाल रहिरहेका छन्,
नियमन गर्ने जिम्मेवारी पाएका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई यति बेला भित्रि कारोबार मार्फत सर्बाेत्तम सिमेन्टको सेयर हात पारेको खबर आएको छ । बजारमा भित्रि कारोबारको नियमन गर्ने जिम्मेवारी पाएका अध्यक्षले नै भित्रि कारोबार गरेपछि के कार्वाहि होला त ?
धितोपत्र ऐन २०६३ अनुसार यसरी सेयरको मूल्यउतारचढाव हुने जानकारीका आधारमा कुनै नजिकको ब्यक्तिलाई जानकारी दिएर सेयर खरिद गर्नु भित्रि कारोबार हो । त्यसैगरि सेयर जारी गर्ने क्रममा सेवा दिने संस्थाका कर्मचारीले सुचना बेच्नुलाई पनि भित्रि कारोबार मानेको छ । यसरी हेर्दा बुक बिल्डिङ बिधीबाट सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका बेलामा नियामक निकायका ब्यक्तिले सेयर हात पार्नुलाई भित्रि कारोबार त भनिन्छ नै पदिय आचार संहिता बिपरित सित्तैमा हात पारेको भए यो भ्रष्टाचार हुने देखिन्छ ।
धितोपत्र ऐनमा अध्यक्षले बैठकले बोलाउनु प्रावधान छ। र भित्रि कारोबार भएको उजुरी आएमा बोर्डले एकजना अनुसन्धान अधिकृत तोक्न सक्ने व्यवस्था छ । तर, यसमा बोर्डकै प्रमुखले गलत किसिमले सेयर हात पारे के गर्ने भन्ने बारेमा प्रष्ट नबोलेकाले अख्तीयार दुरुपयोग अनुसन्धान आयोग २०४८ सार्वजनिक संस्थाको प्रमुखले अनुचित लाभ लिएमा अख्तीयारले छानवीन गर्न सक्ने व्यवस्था छ ।
धितोपत्र ऐन बमोजिम त धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाल अरुलाई कार्वाहि गर्न सक्ने हो । यहा त नियमनको जिम्मा अर्थात तालाचाबी रहेकाले नै बदमासी गरेपछि र सरकारी पद दुरुपयोग गरेपछि त कडा कार्वाहि गर्नुपर्ने देखिएको छ । तर, सरकार भने यसरी अनुसन्धान अघि बढाउनु पर्नेमा स्पष्टिकरण सोधेर बसेको छ ।