neapl investment mega bank
  • गृहपृष्ठ
  • शनिवार थप ३ हजार १०६ जनामा कोरोना सङ्क्रमण, १९१६ जना डिस्चार्ज, २३ को मृत्यु

शनिवार थप ३ हजार १०६ जनामा कोरोना सङ्क्रमण, १९१६ जना डिस्चार्ज, २३ को मृत्यु

Jul 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १६

शनिवार थप ३ हजार १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ५१९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ९५ हजार ३८९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ५१९ जनाको परीक्षण भएको छ । हालसम्म ३६ लाख ३ हजार ४६५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १९१६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १९१६ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ५४ हजार १७७ पुगेको छ ।

थप २३ को मृत्यु

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ८५७ पुगेको छ।