काठमाडौँ, १५ साउन /रासस
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदातलमा रिट दायर गर्नुभएको छ ।
अध्यक्ष ठाकुरले आज सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको निर्णय बदर गर्न माग गरेको छ । उहाँले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारीको मागसमेत गर्नुभएको छ ।
आयोगले यही साउन ११ गते जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत ९३४ सदस्य० भएको यादव पक्षलाई आधिकारिकता दिएको थियो । १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ ।
आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै अध्यक्ष ठाकुरले दायर गर्नुभएको रिटमा २०७८ असार १ गते आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग समेत गरेका छन् ।
निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने अध्यक्ष ठाकुरको रिट निवेदनमा उल्लेख छ ।
अध्यक्ष ठाकुरका तर्फबाट बारेस लिई प्रदीपकुमार पाठकले सर्वोच्चमा रिट दायर गर्नुभएको छ । राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टीबीच एकता भएर जसपा पार्टी बनेको थियो ।