neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • घरेलु रक्सी उत्पादन गरी बिक्री गर्ने चिनियाँ नागरिक पक्राउ

घरेलु रक्सी उत्पादन गरी बिक्री गर्ने चिनियाँ नागरिक पक्राउ

Jul 30th, 2021

काठमाडौ, साउन १५

अवैधरुपमा घरेलुु रक्सी उत्पादन गरी बिक्री गर्ने चिनियाँ नागरिक पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाले चिनियाँँ नागरिकले अवैधरुपमा मदिरा उत्पादन गरी गोप्यरुपमा बिक्रिबितरण गरिरहेको छ भन्ने सुचनाको आधारमा अनुुसन्धान गर्दा आज शुक्रबार ५६ बर्षिय चिनियाँ नागरिक सी झिफिईलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिक सी ले २०७८ बैशाख १० गते देखि ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिई होम स्वीट स्मल होटल एण्ड रेष्टुरेन्ट प्राली दर्ता गरेका थिए । उनले त्यही नाउँबाट गैरकानुुनीरुपमा मदिरा उत्पादन तथा बिक्री बितरण गर्दे आएका थिए । उनलाई आन्तरिक राजश्व कार्याल, स्थानीय जनप्रतिनिधी एवं नेपाल प्रहरीको समन्वयमा पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ । पक्राउ परेको सी को साथबाट ८० लिटरका प्लाष्टिकका ड्रमहरु र मदिरा उत्पादनको लागि प्रयेगा हुुने एक सय १३ थान ड्रम समेत बरामद गरेको छ । पक्राउ परेका सी का बिषयमा थप अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi