neapl investment mega bank
  • गृहपृष्ठ
  • बिहीबार थप ३ हजार ३६५ जनामा कोरोना सङ्क्रमण, १३७३ जना डिस्चार्ज, १६ को मृत्यु

बिहीबार थप ३ हजार ३६५ जनामा कोरोना सङ्क्रमण, १३७३ जना डिस्चार्ज, १६ को मृत्यु

Jul 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १४

बिहीबार थप ३ हजार ३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ९० हजार ६४२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार २४२ जनाको परीक्षण भएको छ । हालसम्म ३५ लाख ८४ हजार ४१९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १३७३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १३७३ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ५० हजार ४४५ पुगेको छ ।

थप १६ को मृत्यु

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ८०७ पुगेको छ।