ललितपुर‚साउन १४
नेपालमा दस हजार भन्दा बढि इन्जिनियरहरू उत्पादन गरिसकेको गैरनाफा मुलकसंस्था नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालमै स्थानीय सडकहरूमा वर्षेनी सय भन्दा बढि पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा प्राविधिक सहयोग गर्दै आएको संस्था स्थानीय सडक पुल इकाई बीच आज पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास तथालागू गर्ने उद्ेश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेकको तर्फबाट कलेजका प्राचार्यप्रा. डा. हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल इकाइको तर्फबाट इकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका थिए ।
समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा स्थानीय सडक पुल इकाईका इन्जिनियर चुमन बाबु श्रेष्ठ र नेक स्नातकोत्तर कार्यक्रमका निर्देशक डा.तुसिता चाँदनी शाहिको पनि उपस्थिति थियो । उक्त समझदारी लागू गर्ने सिलसिलामा दुवै संस्था मिली नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरीचुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गरी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने छ ।
साथै विद्यार्थीहरूले सोहि विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्याङ्क तथा फिल्डमा जाने बस्ने खर्च समेतउपलब्ध गराउने प्रावधानहरू छन् । डिजाइन तथा सुपरभिजनको कमजोरीले हरेक वर्ष मनसुनमा दर्जनौं पुलहरू भत्किरहेको नेपालमा उक्त समझदारी कार्यान्वयन पश्चात पुल निर्माण प्रविधिमा उल्लेख्य सुधार हुने तथा सक्षम इन्जिनियरहरू उत्पादन हुने अपेक्षा गरिएको छ ।