आधारभूमि संवाददाता
काठमाडौ, साउन १४
जर्मन क्लब बायर्न म्युनिखले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा हार ब्यवरेको छ ।बुधबार राति भएको खेलमा बोरुसिया मुन्छेनग्लाडबाखले बायर्न म्युनिखलाई २-० गोलले पराजित गरेको हो ।
मुन्छेनग्लाडबाखलाई जित दिलाउन हन्नेस उल्फ र माइकल वेन्टजेलले एक-एक गोल गरे। मुन्छेनग्लाडबाखले दुबै गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ५९ औं मिनेटमा हन्नेस उल्फले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।,
त्यसपछि खेलको ७६ औं मिनेटमा माइकल वेन्टजेलले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।