neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ओलम्पिक फुटबल : ब्राजिल क्वाटरफाइनलमा

Jul 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १४

ब्राजिल टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको खेलमा ब्राजिलको यू-२३ टोलीले साउदी अरेबियाको यू-२३ टोलीलाई ३-१ गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे भने म्याथियस कुन्हाले एक गोल गरे।साउदी अरेबियाका अब्दुल्लाह अलमारीले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने ब्राजिलले लिएको थियो। खेलको १४ औं मिनेटमा म्याथियस कुन्हाले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।तर,खेलको २७ औं मिनेटमा साउदी अरेबियाका अब्दुल्लाह अलमारीले गोल गर्दै खेल बराबरीमा फर्काए।

दोस्रो हाफको ७६ औं मिनेटमा रिचार्लिसनले गोल गर्दे टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि खेलको इन्जुरी टाइममा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै समूह (डी)मा रहेको ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ब्राजिलले तीन खेलमा सात अंक जोडेको छ । साउदी अरेबिया समूह चरणबाट बाहिरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi