neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वाग्मती समाचार: निःशुल्क शववाहन सेवा सञ्चालन

वाग्मती समाचार: निःशुल्क शववाहन सेवा सञ्चालन

Jul 28th, 2021

वाग्मती, १३ साउन /रासस

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । शवलाई आर्यघाटसम्म ल्याउनका लागि नगरवासीलाई थप सहज होस् भन्ने उद्देश्यले शववाहनको सेवा सञ्चालनमा ल्याइएको उपमहानगर प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले ठेक्कामार्फत रु २३ लाख ३५ हजार लागतमा शववाहन खरिद गरेको हो । उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रूपमा खोलामा डुबेर, झुण्डिएर वा विष सेवन गरेर मृत्यु भएमा परीक्षणका लागि अस्पतालसम्म ल्याउन पनि शववाहनले सेवा दिने प्रमुख महतले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi