neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मैत्रीपूर्ण खेलमा चेल्सीको जित

Jul 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन १३

चेल्सीले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।मंगलबार राति भएको खेलमा चेल्सीले बोर्नेमाउथलाई २-१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन अरमान्डो ब्रोजा र इके उग्बोले एक-एक गोल गरे।बोर्नेमाउथका इमिलियानो मार्कोन्ड्सले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता भने बोर्नेमाउथले लिएको थियो। खेलको ६६ औँ मिनेटमा इमिलियानो मार्कोन्ड्सले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर,खेलको ७२ औं मिनेटमा चेल्सीका अरमान्डो ब्रोजाले गोल गर्दै खेल बराबरीमा फर्काए।

त्यसपछि खेलको ७६ औं मिनेटमा चेल्सीका इके उग्बोले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi