neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पीएसजी सेभिलासँग बराबरीमा रोकियो

Jul 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १३

मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सेभिलासँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा पीएसजीले सेभिलासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा पीएसजीको लागि माउरो इकार्डी र केनी नगेराले एक-एक गोल गरे भने सेभिलाको लागि इवान राकिटिक र वोस्कर रड्रिग्जले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने सेभिलाले लिएको थियो। खेलको ४० औँ मिनेटमा इवान राकिटिकले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४८ औँ मिनेटमा पीएसजीका माउरो इकार्डीले गोल गर्दे खेल बराबरीमा फर्काए ।

खेलको ६२ औँ मिनेटमा सेभिलाका वोस्कर रड्रिग्जले गोल गर्दे टोलीलाई २-१ को अग्रता दिलाए।तर,खेलको ८८ औं मिनेटमा पीएसजीका केनी नगेराले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

पीएसजी र सेभिलाले प्रि(सिजनको तयारीको लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi