neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मैत्रीपूर्ण खेलमा सिटीको जित

Jul 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन १३

म्यान्चेष्टर सिटीले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा सिटीले प्रेस्टन नर्थ इन्डलाई २-० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन रियाद महरेज र समुएल एडोजीले एक-एक गोल गरे।सिटीले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २५ औं मिनेटमा रियाद महरेजले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ६४ औं मिनेटमा समुएल एडोजीले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।एडोजी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi