neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इको प्यानल ब्राण्डका इको प्यानल छिटै बजारमा

नेपाल इको प्यानल ब्राण्डका इको प्यानल छिटै बजारमा

Jul 27th, 2021

काठमाडौ, साउन १२

नेपाल इको प्यानल ब्राण्डका इको प्यानल चाँंडै नै बजारमा आउने भएको छ । त्यसका लागि अहिले अन्तिम तयारी भइरहेको जनाइएको छ । अवको दुई हप्ताभित्र बजारमा आउने गरी इको प्यानलको उत्पादन हुने गरी तीव्र गतिमा काम भइरहेको कम्पनीले जनाएको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले अहिले उत्पादनको अन्तिम तयारीमा पुगेको जानकारी गराए । ‘अवको दुईहप्ताभित्रै हामीले उत्पादन थाल्ने योजना राखेका छौं, उनले भने ।

कम्पनीको कारखाना भक्तपुरको झौखेलमा रहेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलको १० रोपनी जमिन लिजमा लिई अहिले त्यहाँं कारखान राखिएको थियो । कम्पनीले यस अगाडि नै सामान उत्पादन गर्ने योजना राखेको थियो । तर लकडाउनका कारण केही ढिला भएको कम्पनीले जनाएको छ । झण्डै दस करोड लगानीमा सञ्चालन हुने लागेको यो नेपालकै ठूलो इको प्यानल उत्पादन कम्पनी हुने जनाइएको छ ।

उद्योगले विभिन्न इको प्यानलहरुको उत्पादन गर्ने जनाइएको छ । इपीएस, बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन हुने जनाइएको छ । साथै कम्पनीले नेपालमै पहिलो पटक इनोभेटिभ इको प्यानल एरेटेड स्यानवीच इको प्यानल (दुईतिर साढे चार एमएमको क्याल्सिएम सिल्केट वोर्ड र वीचमा बालुवा सिमेन्ट र विशेष प्रकारको हलुका बनाउने केमिकल मिसाएर) बनाइने दावी गरेको छ । जसलाई चलनचल्तीको भाषामा एरेटेड स्यानवीच इको प्यानल पनि भनिन्छ । कम्पनीले निकट भविष्यमा यूपीभीसीका झयालढोका पनि उत्पादन गर्ने जनाएको छ ।

इको प्यानल उद्योगका धेरै विशेषताहरुमध्ये एउटा विशेषता क्लिन इनर्जीको मात्रै प्रयोग हुने जनाइएको छ । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ । अर्थात् इको प्यानलको उत्पादनमा डिजेललगायतका प्रयोग नगरी विद्युतको मात्रै प्रयोग गर्ने जनाएको हो ।

कम्पनीको वार्षिक क्षमता पाँंच लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने रहेको जनाइएको छ । सस्टेनेवलिटी इन कन्सटक्सन टेक्नोलोजी (निर्माण प्रविधिमा दीगोपना) नाराका साथ कम्पनीले आफनो उत्पादन थाल्ने जनाएको छ ।

इको प्यानल भनेको बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । निर्माण सामाग्रीको दुनियाँंमा पछिल्ला वर्षहरुमा विभिन्न नयाँंनयाँं निर्माण सामाग्रीहरु उत्पादन भइरहेका छन् । यस क्रममा इको प्यानल पनि एक हो । इटाको विकल्पमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग हुन्छ । हलुका, भूकम्प प्रतिरोधी हुनुलगायतका कारण पछिल्ला समय इको प्यालनको लोकप्रियता वढ्दो छ ।