neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उमेश श्रेष्ठ स्वच्छ छवि भएको व्यक्ति हो, मन्त्री बनाएर देउवाले सही काम गरे : डा. दिक्षित

उमेश श्रेष्ठ स्वच्छ छवि भएको व्यक्ति हो, मन्त्री बनाएर देउवाले सही काम गरे : डा. दिक्षित

Jul 27th, 2021

काठमाडौ, साउन १२

नागरिक समाजका अगुवा तथा वरिष्ठ डा. सुन्दरमणी दिक्षितले भर्खरै नियुक्त भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्यताले नियुक्त गरेको बताए । उनले भने,‘देउवाले खाली भएरै मात्रै राख्नैपर्ने भएकाले बाध्यताले आफ्नो खेमाका श्रेष्ठलाई ल्याएका हुन् ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो बताएका हुन् । दिक्षितले भष्ट्राचार नगरेको र स्वच्छ छवि भएका उमेशलाई स्वास्थ्यमन्त्री बनाईएको भन्दै यसमा खुशी व्यक्त गरे । उनले श्रेष्ठ आँफैं सम्पन्नशाली भएकोले भ्रष्टाचार नगर्ने बिश्वास गरे । उनले श्रेष्ठ स्वच्छ छवि भएको व्यक्ति भएकोले मन्त्री बनाईँदा किन आलोचना भन्दै उल्टै प्रश्न गरेका छन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘देउवा कांग्रेसका पावरफुल प्रधानमन्त्री होइनन्, रहरले भएका होइनन्, धकेलेर भएका हुन् ।’ उनले प्रधानमन्त्री देउवाले श्रेष्ठलाई मन्त्री बनाएकोमा खुशी व्यक्त गर्दै यसलाई देउवाको राम्रो कदमको रुपमा पनि चित्रण गरे ।

उनले आगामी तीन महिनाभित्र ३७ प्रतिशतलाई खोप दिन नसकेमा स्थिति भयावह हुनेतर्फ पनि सरकारको ध्यानाकार्षण गराए । उनले भने, ‘अब २/३ महिनामा ३७ प्रतिशतलाई चाँडोभन्दा चाँडो खोप दिन सकेमा भाइरस नियन्त्रण हुन्छ । नत्रभने कोरोनाको तेस्रो भेरियन्टलाई यी खोपले काम गर्दैन् ।’

संसारभर कोरोना खोपको राजनीतिक र आर्थिक चलखेल भएको पनि उनले सुनाए । उनले नेपालमा ल्याइएको जोनसोन एण्ड जोनसोन खोप एकदमै राम्रो हो भन्दै नराम्रो हल्ला चलखेलकै कारण चलेको पनि स्पष्ट पारे ।

उनले कोरोना परीक्षण नेपालमा नगन्ने मात्रामा भएको बताए । उनले भने,‘अहिलेसम्म ८,९,१० प्रतिशत मात्र खोप दिइएको छ । संक्रमणको अवस्थाको बारेमा सरकारले चासो दिएन । यो दुःखद् पक्ष हो । संक्रमण कहाँ पुग्यो, कुन अवस्थामा छ, यसबारे मनिटरिङ कसैले गरेको छैन् ।’
एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले खोपबारे आफ्नो सल्लाह नसुनेको भन्दै अबको सरकारले त्यसो नगर्ने विश्वास दिलाए । उनले १४ वर्षमाथिका व्यक्तिहरुलाई खोप दिलाउनैपर्ने बताए । सरकारले होमवर्क नगरी निषेधाज्ञा खुकुलो पार्दा पछिल्लो दिनमा ह्वात्तै संक्रमण फैलिएको उनको भनाई छ ।

डा. दिक्षितले यातायातमा मापदण्ड अपनाएको भनिएपनि कसैले निगरानी नगरेको गुनासो गरे । उनले अहिले पनि देश कोरोना जोखिमको ठुलो खतरामा परेको भन्दै निषेधाज्ञा खुकुलो पार्दै लैजानु गलत भएको टिप्पणी गरे ।

उनले टोल–टोलमा स्वंयसेवक राखेर निगरानी राख्नसमेत सम्वद्ध निकायलाई सल्लाह दिए । उनले कोरोना संक्रमण कम गर्न मेयरलाई मनिटरिङको जिम्मा दिई नियन्त्रणमा सहभागी गराउनुपर्नेमा जोड दिए । स्थानिय निकायले जिम्मा लिनुपर्ने उनको भनाई थियो । तेस्रो भेरियन्ट नियन्त्रणको लागि गृह र अर्थमन्त्रालयले विशेष कदम चाल्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्व निर्देशक तथा सरूवा रोग विशेषज्ञ डा. सागरराज राजभण्डारीले नेपालमा कोरोना संक्रमितको आवश्यकता अनुसार उपचार हुन नसकेको बताए । कन्ट्याक्ट–टे«सिङमा परेकाको जाँच गर्न नसक्नु गल्ती हो भन्दै उनले भने,‘गाउँ–गाउँमा छ्याप्छ्याप्ती संक्रमित रहेका छन्, चेकजाँच हुन सकेको छैन् ।’

उनले तेस्रो भेरियन्टबाट १८ वर्ष मुनिका र खोप नपाएका प्रभावित हुने जिकिर गरे । सरकारका तीन निकायबीच अझैपनि समन्वय हुन नसकेको उनको भनाई थियो । उनले कोभिड–१९ नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको अहम भूमिका रहने बताए । ‘नियन्त्रणको लागि प्रत्येक व्यक्तिमा आँफै दायित्वबोध हुनुपर्छ ।’ उनले भने,‘तीन महिनाभित्र खोप ल्याइसक्नुपर्छ ।’ उनले तोकिएको उमेरसमु्हलाई खोप नदिएर आफ्ना नजिककालाई खोप दिएको समेत आरोप लगाउदै राजभण्डारीले भने, ‘तोकिएको उमेरसमुह लाई समयमै दिनुपर्छ ।’

देश विकराल अवस्थामा छ भन्दै अझैपनि हेलचक्राई गरेमा आक्रामक रुपमा आइरहेको तेस्रो भेरियन्टबाट धेरै क्षति हुने जिकिर गरे । सार्वजनिक स्थानमा स्वास्थ्यका मापदण्ड नअपनाएको भन्दै डा. राजभण्डारीले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरे । डेल्टा प्लस थ्री बडो आक्रामक रुपमा आउने भन्दै यसबाट अत्यधिक चाँडो संक्रमण बढ्ने उल्लेख गरे । उनले आफ्नो पालामा टेकु अस्पतालमा २ वटा भेन्टिलेटरबाट २२ वटासम्म बनाएको बताए । कोभिड–१९ २/४ महिनामै जानेवाला छैन् भन्दै यसबाट कसरी बच्ने त्यतातिर ध्यान दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्व निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले कोरोना भाइरस लामो समय रहने भन्दै नेपालमै खोप उत्पादन गर्नुपर्ने बताएका छन् । ‘सरकारले वैज्ञानिकहरुको समन्वयमा कोरोना खोप नेपालमै उत्पादनतिर लाग्नुपर्छ ।’ उनले भने,‘यो भाइरस चाँडै अन्त्य हुँदैन् ।’

डा.पाण्डेले कोभिड सकिएको सोच्नु गलत भएको जिकिर गर्दै भने,‘यो भाइरस समयसँगै परिवर्तन भएको छ, यसमा रोग सार्नसक्ने क्षमता अत्यधिक बढी छ ।’

सरकारले आवश्यकता अनुसार चेकजाँच गर्न नसक्दा भाइरस फैलिएको भन्दै उनले भाइरसले स्पाइकको रुपमा संक्रमण बढाएर मृत्युदर बढ्दै गएको भनाई राखे । उनले अझै कोरोना भाइरस केही वर्ष रहने हुनाले सँगै बस्ने वातावरण बनाउन समेत सबैलाई आग्रह गरे । खोपको ट्रायल समयमै नेपालमै गर्न पाएकौ भए थप क्षतिबाट जोगाउन सकिने उनको भनाई छ ।

उनले संकलन भएका संक्रमणका विवरण सही छन् वा छैनन् त्यो कसैले जाँच नगरेको गुनासो पोखे । उनले भने,‘कोरोना विवरण चुस्त–दुरुस्त राख्न पर्यो ।’

नमुना परीक्षण गर्दागर्दै थप समस्या निम्तिएको भन्दै उनले नमुना परीक्षण चाँडोभन्दा चाँडो गर्नुपर्ने बताए । उनले नेपालमा भाइरसका कुन–कुन भेरियन्ट छन्, कुन बढीरहेका छन्, कुन घटिरहेका छन्, त्यसको अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

कन्ट्याक्ट–टे«सिङ सुनिश्चित गरेर ठाउँअनुसार लकडाउन लगाउनुपर्ने बताए । नेपालमा कन्ट्याक्ट–टे«सिङलाई ध्यान दिएर जाँच नगर्दा स्थिति भयावह बन्दै गएको उनको भनाई थियो ।
कोरोना संक्रमण पत्ता लाग्ने पिसीआर र एन्टिजेनबाहेक अरुपनि नयाँ प्रविधिहरु आएको बताउँदै उनले नयाँ प्रविधिको प्रयोग गर्न सरकारलाई सुझाव दिए । तेस्रो भेरियन्ट नियन्त्रण खोपको लागि राजनितिक नेतृत्वको निर्देशनबिना प्राविधिक काम अघि बढ्न नसक्ने जिकिर गरे । उनले विदेशबाट आउनेलाई बिशेष निगरानी राख्नुपर्ने बताए । उनले जनता रहेमात्रै राजनीति रहन्छ भन्दै जनताको लागि काम गर्नसमेत आग्रह गरे ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi