neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रियल मड्रिड रेन्जर्ससँग पराजित

Jul 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ११

रियल मड्रिडले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा हार ब्यवरेको छ ।आइतबार राति भएको खेलमा रेन्जर्सले रियललाई २-१ गोलले पराजित गरेको हो ।

रेन्जर्सलाई जित दिलाउन फाशीन सकला र सेड्रिक ईटेनले एक-एक गोल गरे। रियलका रड्रिगोले एक गोल गरे।

खेलमा पहिलो अग्रता रियलले लिएको थियो।खेलको आठौं मिनेटमा रड्रिगोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५५ औं मिनेटमा रेन्जर्सका फाशीन सकलाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ७५ औं मिनेटमा रियल १० खेलाडीमा समेटिएको थियो ।रियलका नाचो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा रेन्जर्सले उठायो ।

खेलको ७७ औं मिनेटमा रेन्जर्सका सेड्रिक ईटेनले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi