neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सहज जित

मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सहज जित

Jul 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १०

बार्सिलोनाले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा स्पेनिश क्लब बार्सिलोनाले जिरोनालाई ३-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिके,रे मनज र मेम्फिस डिपेले एक एक गोल गरे।जिरोनाका समुएल सैजले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो।खेलको २१ औं मिनेटमा जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।२४ औं मिनेटमा रे मनजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ४२ औं मिनेटमा जिरोनाका समुएल सैजले गोल गर्दे खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि दोस्रो हाफको ८५ औं मिनेटमा बार्सिलोनाका मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi