neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण, २१९७ जना डिस्चार्ज, १६ को मृत्यु

थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण, २१९७ जना डिस्चार्ज, १६ को मृत्यु

Jul 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ९ साउन

शनिबार थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १४ हजार ९१० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ७९ हजार १७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ९१० जनाको परीक्षण भएको छ । हालसम्म ३५ लाख २८ हजार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २१९७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २१९७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ४१ हजार ५६५ पुगेको छ ।

थप १६ को मृत्यु

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ।