neapl investment mega bank
  • गृहपृष्ठ
  • अर्थमन्त्री र चेम्बर अफ कमर्सका पदाधिकारीबिच भेटघाट

अर्थमन्त्री र चेम्बर अफ कमर्सका पदाधिकारीबिच भेटघाट

Jul 24th, 2021

काठमाडौं, साउन ९

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको तफर्mबाट सहकार्यको परियोजना अघि सार्ने जानकारी दिएकाछन । आर्थिक पत्रकार समाज सेजनको कार्यसमिति तथा पूर्व अध्यक्षहरुसँगको भेटघाटको क्रममा मन्त्री शर्माले सरकारी संयन्त्रहरुको भरमा मात्र विकासको कामले गति लिन नसक्ने धारणा व्यक्त गरे । उनले निजी क्षेत्र र विषयविज्ञहरुसँग सहकार्य गर्ने खालको ठोस परियोजना संचालन गर्ने सोचिएको जानकारी दिए ।

भेटघाट कार्यक्रममा आर्थिक पत्रकार समाजका अध्यक्ष भिम गौतम तथा पूर्व अध्यक्षहरु गोपाल तिवारी, प्रदिप चापागाई र गोकर्ण अवस्थी लगायतले सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यन्वयन गर्नुपर्ने, निर्माणको क्षेत्रमा दिइने गरेको मोबिलाईजेशन खर्च ऋणस्वरुप उपलब्ध गराउने नीति ल्याउनुपर्ने, निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रचलन अन्त्य हुनुपर्ने, सहुलियत कर्जाको कार्यविधिबमोजिम लक्षित वर्गमा कर्जा पुग्ने गरी कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिए ।
कार्यक्रममा सेजन पदाधिकारीहरुबाट महत्वपूर्ण सुझाव प्राप्त भएको भन्दै अर्थमन्त्री शर्माले आवश्यकता अनुसार कार्यान्वयनको प्रक्रिया सुरु गर्ने बताए ।