neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ओलम्पिक फुटबल : अर्जेन्टिना अष्ट्रेलियासंग पराजित

ओलम्पिक फुटबल : अर्जेन्टिना अष्ट्रेलियासंग पराजित

Jul 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन ८

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा अष्ट्रेलियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।बिहीबार भएको खेलमा अष्ट्रेलियाको यू-२३ टोलीले अर्जेन्टिनाको यू-२३ टोलीलाई २-० गोलले पराजित गरेको हो ।

अष्ट्रेलियालाई जित दिलाउन लाभलन वेल्स र मार्को तिलिओले एक-एक गोल गरे ।

खेलको १४ औं मिनेटमा लाभलन वेल्सले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी टाइममा अर्जेन्टिना १० खेलाडीमा समेटिएको थियो ।अर्जेन्टिनाका फ्रान्सिस्को ओर्टेगाले रातो कार्ड पाउदै मैदान छठ्नु परेको थियो । जसको फाइदा अष्ट्रेलियाले उठायो ।

दोस्रो हाफको ८० औं मिनेटमा मार्को तिलिओले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘सी’मा रहेको अष्ट्रेलियाले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित अर्जेन्टिनाको अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi