neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार ७१४ जनामा कोरोना सङ्क्रमण, १२८८ जना डिस्चार्ज, २४ को मृत्यु

थप २ हजार ७१४ जनामा कोरोना सङ्क्रमण, १२८८ जना डिस्चार्ज, २४ को मृत्यु

Jul 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ साउन

विहीवार थप २ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ७४ हजार ७२६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ८२९ जनाको परीक्षण भएको छ । हालसम्म ३५ लाख ४ हजार १९१ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १२८८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १२८८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ३७ हजार ६९० पुगेको छ ।

थप २४ को मृत्यु

पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६६१ पुगेको छ।