neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Jul 20th, 2021

काठमाडौं, साउन ५

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपलिका–९ पुरानो बानेश्वर ठेगाना भएकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ चैत १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi