neapl investment mega bank
  • गृहपृष्ठ
  • एकै दिन थपिए ३ हजार १०८ कोरोना सङ्क्रमित, १५९५ जना डिस्चार्ज, २५ को मृत्यु

एकै दिन थपिए ३ हजार १०८ कोरोना सङ्क्रमित, १५९५ जना डिस्चार्ज, २५ को मृत्यु

Jul 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ५

मंगलबार एकै दिन थप ३ हजार १०८ जना मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ७० हजार ९५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार १३५ जनाको परीक्षण भएको छ । हालसम्म ३४ लाख ८६ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १५९५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १५९५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ३४ हजार ९२७ पुगेको छ ।

थप २५ को मृत्यु

पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ६०७ पुगेको छ।