neapl investment mega bank
  • गृहपृष्ठ
  • नेशनल लाईफको चमत्कारिक प्रगतिसँगै कम्पनी दोश्रो स्थानमा उक्लियो

नेशनल लाईफको चमत्कारिक प्रगतिसँगै कम्पनी दोश्रो स्थानमा उक्लियो

Jul 20th, 2021

काठमाडौ, साउन ५

जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो ।

कूल बीमा शुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमा शुल्क चार अर्ब भन्दामाथि पु¥याउन सफल भएको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तल माथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्तछन् । बीमा समितिको सुत्र अनुसार एलआइसी नेपालको प्रथम बीमा शुल्क तीन अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको तीन अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढि प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नविकरण बीमा शुल्क समेत उल्लेख्यरुपमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमा शुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको हो ।

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबै भन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कूल बीमा शुल्क आम्दानी गरेको छ ।