neapl investment mega bank
  • गृहपृष्ठ
  • जीवन बीमा शुल्कमा २८ दसमलव ७१ र निर्जिवन बीमा शुल्कमा १५ दसमलव ३५ प्रतिसतले बृद्धि

जीवन बीमा शुल्कमा २८ दसमलव ७१ र निर्जिवन बीमा शुल्कमा १५ दसमलव ३५ प्रतिसतले बृद्धि

Jul 20th, 2021

काठमाडौ, साउन ५
बीमा शुल्क आर्जन बढेको छ । बीमा समितीले यही साउन एक गते शुुक्रबार सबै जीवन बीमा कम्पनी र निर्जिवन बीमा कम्पनीहरुमा स्थलगत अनुगमन हुुंदा प्राप्त भएको तथ्यांकबाट गत आर्थिक बर्षमा कुुल बीमा शुल्क बढेको देखिएको हो ।

गत आर्थिक बर्षमा २०७७–०७८ मा जीवन बीमा कम्पनीहरुबाट कुुल एक खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जिवन बीमा कम्पनीहरुबाट कुुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कुुल एक खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैंयााँ बीमा शुल्क संकलन भएको छ ।

अघिल्लो आर्थिक बर्ष २०७६–०७७ को तुलनामा आर्थिक बर्ष २०७७–०७८ मा जीवन बीमा तर्फको कुुल बीमा शुल्कमा २८ दसमलव ७१ प्रतिसत र निर्जिवन बीमा तर्फको कुुल बीमा शुल्कमा १५ दसमलव ३५ प्रतिसतले बृद्धि भएको छ ।

यसैगरी गत आर्थिक बर्षमा जीवन बीमातर्फ १५ हजार नौ सय ६४ वटा बीमालेखको जम्मा दुुई अर्ब २५ करोड दुुई लाख र निर्जिवन बीमा तर्फ ८६ हजार चार सय ४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको देखिएको समितीको भनाई छ ।
यस्तै गत आर्थिक बर्षमा जीवन बीमातर्फ नौ अर्ब ८८ करोड १४ लाख ६३ हजार तीन सय ३१ वटा बीमालेखहरु व्यतित भएको छ ।